### उनी : आत्मा र प्रकृति
उनी—
सूर्यको पहिलो किरण जस्तै मेरो अन्तरतममा प्रवेश गर्छिन्।
समीर बनेर छातीमा सास भर्छिन्,
चरीहरूको चिरबिर आवाजमा गुञ्जिन्छिन्।
झरना बनेर बग्छिन्,
तालले चन्द्रमाको प्रतिबिम्ब देखाउँछिन्।
उनी मुस्कुराउँछिन् र भन्छिन्—
“तिमी एक्ला होइनौ, म छु तिम्रो साथ।”
म हाँस्दा—
पात हल्लिन्छन्, खोला चम्किन्छन्,
झरना हल्का धुनमा गुञ्जिन्छन्।
उनी पनि हाँस्छिन्,
हिमालको अटलता र समीरको हल्कोपन जस्तै,
मेरो हर्षको आभास।
म रुदा —
झरना भएर आँसु बगाउँछिन्,
माटोमा बगेको जल जस्तो शुद्धताको स्नान।
फूलझैँ मुस्कान दिन्छिन् र भन्छिन्—
“बतासले स्पर्श जस्तै हृदय हर्षित बनाउ।”
सूर्य अस्ताउँदै गर्दा,
उनी—
पर्वतझैँ अटल,
हावा झैँ मृदु,
जलझैँ निर्मल।
चन्द्रको शीतल प्रकाशमा,
तारा झैँ चम्किने उनको दृष्टि।
म मौन छु,
तर उनी मेरो मौनतामा पनि संवाद गर्छिन्।
झरना, हावा, माटो—
मौनतामा पनि उनी बोलेको महसुस हुन्छ।
हो, म मौन छु,
उनी—मेरो मौनको अर्थ।
समीर, बतास, ताल, झरना—
सबै उनका स्वर।
हिमालको अटलता, माटोको स्थायित्व,
फूलको कोमलता।
के यो आकर्षण मात्र हो?
ना होइन—
यो आकर्षणभन्दा परको ऐक्य हो।
म र उनी अलग छैनौं—
एउटै सत्यका दुई छाया।
उनी मलाई बुझ्छिन्,
किनभने उनी हावा,बतास,पानी, माटो, पर्वत,सूर्य—सबै हुन्।
म उनीतिर तानिन्छु,
किनकि म पनि उनको प्रतिध्वनि हुँ।
उनी—
केवल प्रकृति होइनन्।
उनी मेरो आत्मा,
मेरो मौन,
मेरो मार्गदर्शक।
जसरी समीर र झरना सँगै बहन्छन्,
जसरी हिमाल आकाशमा अडिग हुन्छ,
जसरी ताल माटोमा प्रतिबिम्ब देखाउँछ,
त्यसरी नै मलाई “म” बन्न उनी अपरिहार्य छिन्।
उनी—
सूर्यको पहिलो किरण जस्तै मेरो अन्तरतममा प्रवेश गर्छिन्।
समीर बनेर छातीमा सास भर्छिन्,
चरीहरूको चिरबिर आवाजमा गुञ्जिन्छिन्।
झरना बनेर बग्छिन्,
तालले चन्द्रमाको प्रतिबिम्ब देखाउँछिन्।
उनी मुस्कुराउँछिन् र भन्छिन्—
“तिमी एक्ला होइनौ, म छु तिम्रो साथ।”
म हाँस्दा—
पात हल्लिन्छन्, खोला चम्किन्छन्,
झरना हल्का धुनमा गुञ्जिन्छन्।
उनी पनि हाँस्छिन्,
हिमालको अटलता र समीरको हल्कोपन जस्तै,
मेरो हर्षको आभास।
म रुदा —
झरना भएर आँसु बगाउँछिन्,
माटोमा बगेको जल जस्तो शुद्धताको स्नान।
फूलझैँ मुस्कान दिन्छिन् र भन्छिन्—
“बतासले स्पर्श जस्तै हृदय हर्षित बनाउ।”
सूर्य अस्ताउँदै गर्दा,
उनी—
पर्वतझैँ अटल,
हावा झैँ मृदु,
जलझैँ निर्मल।
चन्द्रको शीतल प्रकाशमा,
तारा झैँ चम्किने उनको दृष्टि।
म मौन छु,
तर उनी मेरो मौनतामा पनि संवाद गर्छिन्।
झरना, हावा, माटो—
मौनतामा पनि उनी बोलेको महसुस हुन्छ।
हो, म मौन छु,
उनी—मेरो मौनको अर्थ।
समीर, बतास, ताल, झरना—
सबै उनका स्वर।
हिमालको अटलता, माटोको स्थायित्व,
फूलको कोमलता।
के यो आकर्षण मात्र हो?
ना होइन—
यो आकर्षणभन्दा परको ऐक्य हो।
म र उनी अलग छैनौं—
एउटै सत्यका दुई छाया।
उनी मलाई बुझ्छिन्,
किनभने उनी हावा,बतास,पानी, माटो, पर्वत,सूर्य—सबै हुन्।
म उनीतिर तानिन्छु,
किनकि म पनि उनको प्रतिध्वनि हुँ।
उनी—
केवल प्रकृति होइनन्।
उनी मेरो आत्मा,
मेरो मौन,
मेरो मार्गदर्शक।
जसरी समीर र झरना सँगै बहन्छन्,
जसरी हिमाल आकाशमा अडिग हुन्छ,
जसरी ताल माटोमा प्रतिबिम्ब देखाउँछ,
त्यसरी नै मलाई “म” बन्न उनी अपरिहार्य छिन्।
✦ ❦ ✦
— भोजराज उपाध्याय
Enjoyed this creation?
Leave a pulse of appreciation to inspire the writer's journey.